
काठमाडौं । आफ्नो मताधिकार प्रयोग गर्ने दिन आउन सात दिन मात्र बाँकी छ । यस अवधिमा गाउँगाउँमा चुनावी उत्सव चलेको छ । आगामी पाँच वर्षका लागि आफूलाई मन परेका उम्मेदवार जिताउन मतदाता प्रतिक्षामा छन् ।
निधारमा टीका, अबिर, गलामा माला र खादा लगाएका एक दर्जन उम्मेदवार पालैपाले हात हातमा पार्टीका झण्डा बोकेर कार्यकर्तासहित धिमे बाजाको तालमा आफ्ना गाउँ, टोल र घर दैलोमा आएपछि मतदाता फुरुङ्ग भएका छन् ।



एक सातादेखि नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धन, नेकपा (एमाले), नेपाल मजदूर किसान पार्टी, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतले सञ्चालन गरेको घरदैलो अभियानले कार्यकर्तामा उत्साह थपेको छ भने मतदातामा उत्साह छाएको छ ।
कांग्रेससहिते गठबन्धन र एमालेको घर दैलो र र्यालीमा नाचगान पनि हुने गरेको छ । ठाउँठाउँ र चोकचोकमा कार्यकर्ता पार्टीको गीतमा नाच्ने, गाउँने गर्दा मतदातामा समेत उमङ्ग थपिएको छ । स्थानीय तहको निर्वाचनले ल्याएको चुनावी लहरले आमनागरिकमा मतदानको व्यग्र प्रतिक्षा भने रहेको पाइएको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।