२०८२ जेष्ठ ४ शनिबार
  • काठमाडौँ

देशभर हर्षोल्लासका साथ नयाँ वर्ष मनाइदैँ

काठमाडौं बैशाख १ । आज नयाँ वर्ष । आजबाट विक्रम संवत २०८२ आरम्भ भएको छ । नयाँ सालको पहिलो दिन वैशाख १ गते नेपालमा हरेक वर्ष नयाँ वर्षको रुपमा हर्षोउल्लासका साथ मनाउने गरिन्छ ।

वर्षको पहिलो दिनका अवसरमा आपसमा शुभभावना, शुभचाहाना सहित देशभर नेपालीहरुले नयाँ वर्ष मनाउँदैछन् ।

विदेशमा रहेका नेपालीहरुले पनि आजको दिन नयाँ वर्षलाई उत्साहपूर्ण ढंगबाट मनाउँदैछन् ।

सौरमान र चान्द्रमानको समन्वय पनि यो संवतमा भएको छ । कलियुग सुरु भएको तीन हजार ४४ वर्षपछि विक्रम संवत् सुरु भएको मानिन्छ ।
आजका दिन व्यक्तिले पूराना नमिठा पललाई बिर्सिएर नयाँ प्रण गर्ने दिनका रुपमा पनि लिन्छन् ।

२०८२ बैशाख १, सोमबार प्रकाशित 0 Minutes 36 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।