
काठमाडौँ चैत १२- गत चैत्र १५ गते काठमाडौँको तीनकुने क्षेत्रमा भएको हिंसात्मक प्रदर्शनका मुख्य योजनाकार मानिएका दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ ।
जिल्ला प्रहरी परिसार काठमाडौँका प्रहरी उपरीक्षक एवम् सूचना अधिकारी अपीलराज बोहराले प्रसाईंलाई १२ दिन हिरासत राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको जानकारी दिनुभयो ।



प्रसाईंसँगै पक्राउ परेका उनका निजी गार्ड दीपक खड्कालाई पनि १२ दिन नै हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले म्याद दिएको छ ।
प्रहरीले दुवैलाई कम्तीमा १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्नका लागि माग गरेको थियो । सोही अनुसार अलदालतले म्याद थपको अनुमति दिएको हो ।
तीनकुने घटनामा फरार रहेका प्रसाइँ र खड्कालाई झापाको भद्रपुरबाट नियन्त्रणमा लिई काठमाडौँ ल्याइएको हो ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।