२०८२ जेष्ठ ४ शनिबार
  • काठमाडौँ

नेपाली आरोही पाण्डेद्वारा ल्याटिन अमेरिकाको सर्वोच्च शिखर आकोन्कागुआको सफल आरोहण

काठमाडौँ माघ २६ । नेपाली आरोही प्रकाशराज पाण्डेले ल्याटिन अमेरिकाको सर्वोच्च शिखर आकोन्कागुआको सफल आरोहण गर्नुभएको छ। आरोही  पाण्डेले फेब्रुअरी ६ मा उक्त हिमालको सफल आरोहण गर्नुभएको हो।

सातै महादेशका सातै उच्च शिखर आरोहणको दौडमा रहेका पाण्डेले स्थानीय समयअनुसार फेब्रुअरी ६ को बिहान ७ः५० मा उक्त हिमालको सफल आरोहण गर्नुभएको हो।

पाण्डेले नेपाली राष्ट्रिय झण्डा आकोन्कागुआमा फरफराउनुभएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले केही समय पहिले उहाँलाई नेपालको राष्ट्रिय झन्डा हस्तान्तरण गर्नुभएको थियो।
यस अगाडि पाण्डेले एसिया, अफ्रिका तथा युरोपका सर्वोच्च शिखरहरूको सफल आरोहण गरिसक्नुभएको छ । गत जनवरी २१ मा उहाँ अर्जेन्टिनाको राजधानी व्युनर्स आयर्स पुग्नुभएको थियो। आफ्नो आरोहणले नेपाल र अर्जेन्टिनाको कूटनीतिक सम्बन्धमा न्यानोपना आउने पाण्डेले बताउनुभयो।

अबको योजना उत्तर अमेरिकाको सर्वोच्च शिखर देनालीको सफल आरोहण गर्ने रहने उहाँले जानकारी दिनुभयो । देनाली अमेरिकाको अलास्कामा रहेको हिमाल हो । यसलाई औपचारिक रूपमा माउन्ट मेकिन्ले भनिन्छ ।

२०८१ माघ २६, शनिबार प्रकाशित 0 Minutes 61 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।