२०८२ जेष्ठ ४ शनिबार
  • काठमाडौँ

काभ्रेको महाभारत शृङ्खलामा आगलागी; निभाउन हम्मे

काठमाडौं माघ १२ । हेलिकोप्टरबाट करिब २४ हजार लिटर पानी खन्याउँदा पनि काभ्रेको खानीखोला र बेथानचोक गाउँपालिकाको सिमानामा पर्ने थामलेकको महाभारत जंगलमा लागेको आगो नियन्त्रणमा आउन सकेको छैन ।

बस्ती नजिकको आगो भने निभाउन सकिएको बताइएको छ ।

आगो निभाउन हिजो हेलिकोप्टर प्रयोग गरिएको थियो । गत मंगलबार दिउँसो २ बजेबाट सो क्षेत्रमा आगलागी भएको हो । आगो नियन्त्रण गर्न नेपाली सेनाका साथै नेपाल प्रहरी र स्थानीय समेत खटिएका छन् ।

आगलागीवाट हुनसक्ने संभावित जोखिम कम गर्न एकिकृत उद्धार टोली परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी उमेश ढकालले जानकारी दिनुभयो । आगलागीका कारण बेथानचोकको पर्यटकीय क्षेत्र नारायणस्थान मन्दिर लगायत वडा नं १, २, ३ र ५ का केही क्षेत्रसमेत जोखिममा रहेका छन् ।

जिल्लास्थित डिभिजन वन कार्यालयका अनुसार एक सय हेक्टर क्षेत्रफलमा आगो फैलिएको छ । आगलागीबाट हालसम्म कुनै मानवीय र वन्यजन्तुको क्षति भने नभएको प्रहरीले जनाएको छ ।

२०८१ माघ १२, शनिबार प्रकाशित 0 Minutes 35 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।