२०८२ जेष्ठ ४ शनिबार
  • काठमाडौँ

सुरेन्द्र पौडेल नेतृत्वको नेपाल टेलिभिजन प्रतिष्ठान शाखालाई जिम्मेवारी हस्तान्तरण

काठमाडौं पुस ४ गते । सार्वजनिक सेवा प्रसारण संस्था पिएसबीसंग नेपाल टेलिभिजन र रेडियो नेपाल दुवै संस्था र त्यसमा काम गर्ने कर्मचारीहरुको भविष्य जोडिएकोले पिएसबीलाई सफल बनाउन सवै लाग्नु पर्नेमा जोड दिइएको छ । नेपाल पत्रकार महासंघ नेपाल टेलिभिजन प्रतिष्ठान शाखाका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुको प्रमाणपत्र वितरण तथा पद हस्तान्तरण कार्यक्रममा बक्ताहरुले पिएसबीको ऐतिहासिक अवसरलाई उपलव्धीमा परिणत गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा सार्वजनिक सेवा प्रसारण संस्था नेपालका कार्यकारी अध्यक्ष डा महेन्द्र विष्टले सम्पादकीय स्वतन्त्रता सहित नागरिक लाभाम्वित हुने गरी पिएसबी कार्यान्वयन हुने बताउनुभयो । उहाँले रेडियो र टेलिभिजन एक भएको अनुभूत गर्दै कार्य व्यबहार सुधार सहित परिणाममुखी हुन पनि आग्रह गर्नुभयो ।


प्रतिष्ठान शाखाका नवनिर्वाचित अध्यक्ष सुरेन्द्र पौडेलले व्यवशायसिक संस्थाको निर्वाचनमा सवैको जीत हुने बताउदै भविष्यसंग जोडिएको पिएसबीलाई सफल बनाउन सवै एकजुट हुनुपर्ने बताउनुभयो ।
निवर्तमान अध्यक्ष दीपकजंग हमालले आफ्नो कार्यकालमा शाखा उत्कृष्ठ हुन सफल भएको स्मरण गर्दै कर्मचारीका बृत्तिविकास सहित पिएसबीको सफलतामा सवै जोडिनुपर्छ भन्नुभयो ।
अध्यक्षका प्रत्यासी दीपक समीर आचार्यले समाचारले भेदभाव गरेको भन्दै निष्पक्ष हुनुपर्ने बताउनुभयो ।
नेपाल टेलिभिजन कर्मचारी संघका अध्यक्ष गोपाल दाहाल र कर्मचारी युनियनका अध्यक्ष भोजबहादुर विश्वकर्माले विवाद र असन्तुष्टीलाई छोडेर पिएसबीको सफलताका लागि अगाडि बढ्नु पर्ने बताउनुभयो ।


नेपाल आदिवासी पत्रकार महासंघ फोनिजका अध्यक्ष गजुरधन राईले नेपाली पत्रकारिता क्षेत्रको समग्र उन्नयनमा फोनिजले जिम्मेवारीपूर्ण भूमिका निर्वाह गरिरहेको बताउनुभयो । युनिमीका अध्यक्ष गोविन्द धितालले फरक परिस्थितिमा नेतृत्व र कर्मचारी फरक ढंगले अगाडि बढ्नुपर्ने बताउनुभयो भने मधेशी पत्रकार समाजका अध्यक्ष मोहनकुमार सिंहले समावेशिता पत्रकार महासंघको चरित्र भएको बताउनुभयो । प्रेस चौतारी र प्रेस युनियनका शाखा अध्यक्षहरु रामबाबु अधिकारी र ममता कोइरालाले महासंघको प्रतिष्ठान शाखा सवैको साझा र छाता संगठन बन्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा निर्वाचन समितिका संयोजक पुष्पहरि क्याम्पाराई तथा सदस्यद्वय श्याम ढकाल र गंगाप्रसाद खतिवडालाई पनि प्रशंसापत्र प्रदान गरियो ।
गत मंसीर २८ गते सम्पन्न निर्वाचनबाट नेपाल पत्रकार महासंघ नेपाल टेलिभिजन प्रतिष्ठान शाखाको अध्यक्षमा पौडेल सहित उपाध्यक्षमा परमानन्द राय, उपाध्यक्ष महिलामा शिक्षा भट्टराइ, सचिवमा विष्णुहरि कोइराला र कोषाध्यक्षमा सुमनकुमार श्रेष्ठ निर्वाचित हुनुभएको हो । यसैगरी सहसचिवमा नरेश खड्का र प्रविन्द श्रीवास्तव तथा सदस्यहरुमा सम्झना कर्माचार्य, अशोककुमार बस्नेत छहरा दवाडी र रमेशकुमार माझी निर्विरोध निर्वाचित हुनुभएको छ । कार्यक्रममा प्रतिष्ठान शाखाका केन्द्रीय परिषद सदस्यमा निर्विरोध निर्वाचित दीपक जंग हमाल प्रदीप चापागाँई र सरस्वती शर्मा तथा प्रदेश परिषद सदस्यमा निर्विरोध निर्वाचित रामबाबू अधिकारीलाई पनि निर्वाचित भएको प्रमाणपत्र प्रदान गरियो ।

२०८१ पुष ४, बिहीबार प्रकाशित 0 Minutes 69 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।