
काठमाडौं । नेपाल र पाहुना टोली जिम्बावे ‘ए’ विरुद्धको आजको दोस्रो टी-ट्वान्टी खेल वर्षाको कारण रद्द भएको छ ।
वर्षाले खेल रोकिनु अघि ब्याटिङ गरिरहेको जिम्बावे ए ले ४ ओभर ३ बलमा २ विकेट गुमाएर ४८ रन बनाएको थियो । वर्षाले गर्दा रोकिएको खेललाई १८ ओभरमा झारेर दिउँसो साढे २ बजेबाट पुनः खेलाउन लागिएको थियो ।



तर निरन्तर पानी परिरहेपछि खेल रद्द गरियो ।
शृङ्खला अन्तर्गत नेपालले पाहुना टोलीसँगको तेस्रो खेल बुधबार खेल्नेछ । हिजो भएको पहिलो खेलमा जिम्बावे ए विजयी भएको थियो ।
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय शृङ्खलाको तयारी स्वरूप नेपालले जिम्बावे ‘ए’ सँग आफ्नै मैदानमा शृङ्खला खेलिरहेको हो।
टी-ट्वान्टी शृङ्खलापछि नेपालले तीन खेलको एकदिवसीय शृङ्खला खेल्ने कार्यक्रम छ ।।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।