काठमाडौं मंसिर २८ । नेपाल पत्रकार महासंघ नेपाल टेलिभिजन प्रतिष्ठान शाखाको अध्यक्षमा सुरेन्द्र पौडेल निर्वाचित हुनुभएको छ । निकटतम प्रतिस्पर्धी दीपक समिर आचार्यलाई पराजित गर्दै पौडेल निर्वाचित हुनुभएको हो ।
शुक्रवार सम्पन्न मतगणनाको परिणामअनुसार अध्यक्ष पौडेलसंगै नेपाल टेलिभिजन प्रतिष्ठान शाखाको उपाध्यक्षमा परमानन्द राय, महिला उपाध्यक्षमा शिक्षा भट्टराइ, सचिवमा विष्णुहरि कोइराला र कोषाध्यक्षमा सुमनकुमार श्रेष्ठ विजयी हुनुभएको छ ।



यसैगरी सहसचिवमा नरेश खड्का र सहसचिव समावेशीमा प्रविन्दकुमार श्रीवास्तव निर्विरोध निर्वाचित हुनुभएको छ ।
सदस्यहरुमा अशोककुमार बस्नेत, छहरा दवाडी, रमेश माझी र महिला सदस्यमा सम्झना कर्माचार्य पनि यसअघि नै निर्विरोध निर्वाचित भइसक्नुभएको छ ।
यस्तै केन्द्रिय परिषद् सदस्यमा दीपक जंग हमाल, प्रदिपकुमार चापागाईं र सरस्वती शर्मा निर्विरोध निर्वाचित हुनुभएको छ । यसैगरि प्रदेश परिषद् सदस्यमा रामबाबु अधिकारी निर्विरोध निर्वाचित हुनुभएको छ ।
यसैबीच, पद हस्तान्तरण तथा प्रमाणपत्र वितरणको कार्यक्रम चाँडै गरिने निर्वाचन समितिका संयोजक तथा नेपाल टेलिभिजनका समाचार महाशाखा प्रमुख पुष्पहरि क्याम्पा राइले जानकारी दिनुभयो ।