
काठमाडौं मंसिर २४ । सहकारीको रकम ठगी गरेको अभियोगमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज बयानका लागि वीरगन्ज लगिएको छ । लामिछानेलाई कडा सुरक्षा व्यवस्थाका बीच सिमराबाट जिल्ला प्रहरी कार्यालय पर्सामा लगिएको हो ।
पर्सा जिल्ला अदालतले गत मंसिर १९ गते सभापति लामिछोको नाममा पक्राउ पूर्जी जारी गरेपछि उहाँलाई अदालतमा बयानका लागि उपस्थित गराउन वीरगन्ज लगिएको जिल्ला प्रहरी कार्यालय पर्साका सुचना अधिकारी प्रहरी नायब उपरिक्षक किशोर लम्सालले जानकारी दिनुभयो। उहाँले रवि लामिछाने आवद्ध रहेको बेला वीरगन्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थाबाट ग्यालेक्सी टेलिभिजनमा ठुलो रकम ऋण प्रवाह भएको विषयमा छानविन तथा ब्यान लिन अदातले पक्राउ पूजी जारी गरेको बताउनुभयो ।



सभापति लामिछानेलाई भोली बयानका लागि पर्सा जिल्ला अदालतमा उपस्थित गराईने सुचना अधिकारी लम्सालले जानकारी दिनुभयो ।
सानोपाइला बचत तथा ऋण सहकारी संस्थामा रकम जम्मा गराएका बचताकर्ताले दिएको उजुरी माथि वीरगन्ज महानगरपालिकाले छानविन गर्दा बचत कर्ताको ८८ करोड भन्दा बढी रकम हिनामिना भएको अनुसन्धानबाट देखिएको महानगरपालिकाले जनाएको छ ।
बयानका लागि वीरगन्ज लगिएका रास्वपा सभापति लामिछानेको रिहाइको माग गर्दै पार्टीका नेता कार्यकर्ताहरुले जिल्ला प्रहरी कार्यालय पर्सा अगाडी प्रदर्शन समेत गरेका छन् ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।