२०८२ जेष्ठ ५ आईतवार
  • काठमाडौँ

नौ जनामा संक्रमण

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमण आज नौ जनामा मात्र देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा चार हजार २५५ जनामा कोरोना परीक्षण गर्दा नौ जनामा सङ्क्रमण देखिएको हो ।

मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या २११ रहेका छन् । पछिल्लो समय १८ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । योसँगै निको हुनेको सङ्ख्या नौ लाख ६६ हजार ६७४ पुगेको छ । निको हुने दर ९८.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

आज सङ्क्रमणबाट कसैको पनि निधन भएको छैन । शून्य सङ्क्रमित भएको जिल्लाको सङ्ख्या ३१ पुगेको छ । नेपालमा सङ्क्रमण दर १७.४ प्रतिशत छ । नेपालमा प्रतिदश लाखमा ३९३.४ जनाको निधन भएको छ । हाल होम आइसोलेशनमा २०९ संस्थागत आइसोलेशनमा दुई र सघन उपचार कक्षमा एक जनाको उपचार हुँदैछ । विगत २४ घण्टामा १६ हजार १० जनाले खोप लगाएका छन् ।

२०७९ बैशाख १९, सोमबार प्रकाशित 0 Minutes 134 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।