
काठमाडौं मंसिर १९ । नेपाल प्रिमियर लिग एनपिएल क्रिकेट अन्तरगत आज भएका खेलमा काठमाडौं गुर्खाज र बिराटनगर किंङ्सले पहिलो जित दर्ता गराउन सफल भएका छन् । कीर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो खेलमा लुम्बिनीलाई २ विकेटले हराउदै बिराटनगरले पनि पहिलो जित दर्ता गरायो ।
दुई खेल हारिसकेको बिराटनगरले जित्नै पर्ने आजको खेलमा लुम्बिनीले दिएको १ सय ९२ रनको लक्ष्य एक बल बाँकी छँदा पुर्या गर्यो । यो जितमा ओपनर लोकेश बमको ७१ रनको अर्धशतकीय पारी महत्वपूर्ण रह्यो । यसैगरी बसिर अहमदले ४० रनको योगदान गरे । यसअघि सुरुवाती ब्याटिङ गरेको लुम्बिनीले ७ विकेटको क्षतिमा १ सय ९१ रनको विशाल योगफल तयार गरेको थियो । लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४६ रन बनाए भने टोम मोर्सले ३० रन जोडे ।
आजै भएको पहिलो खेलमा सोमपाल कामीको कप्तानीमा रहेको कर्णाली याक्सलाई ३ विकेटले हराउदै करण केसीले कप्तानी सम्हालेको काठमाडौं गुर्खाज विजयी भयो ।



कर्णालीले दिएको १ सय ५० रनको लक्ष्य काठमाडौंले ७ विकेटको क्षतिमा तीन बल बाँकी छँदै पुरा गर्यो । काठमाडौंङ्को जितमा कप्तान करणले १० बलमा २८ रनको महत्वपूर्ण इनिङ्स खेले ।
यसैगरी सुमित महर्जनले नटआउट ४० र गेरहाड इरासमसले ३८ रनको महत्वपुर्ण ईनिङ्स खेलेका थिए । सुरुवाती ब्याटिङ गरेको कर्णालीले भारतीय स्टार शिखर धवनको ७२ रनको योगदान सहित ५ विकेट गुमाएर १ सय ४९ रन बनाएको थियो ।
पहिलो खेल हारेको काठमाडौंको यो पहिलो जित हो । उता कर्णालीले भने लगातार दुई खेलमा पराजय व्यहोरेको छ ।
एनपिएलमा बिहिबार पहिलो खेल पोखरा एभेन्जर्स र जनकपुर बोल्ट्सबीच हुनेछ भने काठमाडौं गुर्खाज र सुदूरपश्चिम रोयल्सबीच दोस्रो खेल हुनेछ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।