२०८२ जेष्ठ ५ आईतवार
  • काठमाडौँ

भारतीय सेनाध्यक्ष नेपालमा; भारतीय सेनामा नेपाली सैनिक भर्तीको विषय उठाउने तयारी

काठमाडौँ, मङ्सिर ५ । भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी बिहीबार नेपाल आउनुभएको छ । द्विवेदी नेपाली सेनाका प्रधान सेनापति अशोक राज सिग्देलको औपचारिक निमन्त्रणामा पाँच दिने भ्रमणको सिलसिलामा नेपाल आउनुभएको हो ।

पाँच सदस्यीय भ्रमण दलमा उहाँकी धर्मपत्नी सुनिता द्विवेदी पनि सहभागी हुनुहुन्छ । भ्रमण दललाई  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा युद्धकार्य विभागका विभागीय प्रमुख उपरथी प्रेम ध्वज अधिकारीलगायतले स्वागत गर्नुभयो ।

भ्रमणका क्रममा जनरल द्विवेदीले बिहीबार राष्ट्रपति भवन शीतल निवासमा आयोजना गरिने विशेष समारोहकाबिच राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपाली सेनाको  मानार्थ महारथीको दर्जा ग्रहण गर्नुहुनेछ ।

मित्रराष्ट्रका उच्चपदस्थ सैनिक अधिकारीको यस किसिमको भ्रमणले दुई देशबिचको सैनिक सम्बन्धलाई अझ विस्तार एवं प्रगाढ पार्न थप मद्दत पुग्ने नेपाली सेनाको विश्वास छ ।

सेनाध्यक्ष द्विवेदीको भ्रमणका क्रममा भारतीय सेनामा नेपाली युवाहरुको भर्तीको विषयमा पनि कुराकानी हुने बुझिएको छ । ब्रिटिस शासनको समयदेखि भारतीय सेनामा रहदै आएको नेपाली युवाहरुको सैनिक भर्तीको व्यवस्थालाई भारतले गत वर्ष अग्निपथ योजना लागू गर्दै हटाउने तयारी गरेको छ ।

२०८१ मंसिर ५, बुधबार प्रकाशित 0 Minutes 57 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।