
काठमाडौँ मंसिर ५ । प्रधानमन्त्री केपी शर्मा ओलीकोबारेमा सामाजिक सञ्जालमा अनर्गल सामग्री राखेर गालीबेइज्यती गरेको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई हिरासतमा राखेर अनुसन्धान अघि बढाउन अदालतले प्रहरीलाई अनुमति दिएको छ । काठमाडौं जिल्ला अदालतले अपराधको आरोपमा पक्राउ परेका प्रसाईंलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।
उनीमाथि साइबर क्राइम, कीर्ते र मानहानीहानीलगायतको मुद्दा चलाउने प्रहरीको तयारी छ ।



उनी मंगलबार आफ्नै निवासबाट पक्राउ परेका थिए ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।