
काठमाडौं मंसिर १ । ताजिकिस्तानमा भएको मैत्रीपूर्ण फुटबलमा अफगानिस्तानलाई २-० गोल अन्तरले हराउदै नेपाल विजयी भएको छ । नेपाललाई जित दिलाउन जेलस्पीजंग कार्की र रोहित चन्दले समान एक-एक गोल गरे ।
डिफेन्डर रोहित चन्दले करियरकै पहिलो गोल गर्दै १३ वर्षपछि अफगानिस्तान विरुद्ध नेपालको जित सुनिश्चित गरे । ताजिकिस्तानको सेन्ट्रल स्टेडियम डुसान्बेमा शनिबार भएको खेलको दोस्रो हाफको सुरूवातमै जेलस्पीजंग कार्कीले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए ।



नेपालले अफगानिस्तानविरुद्ध पछिल्लो पटक सन् २०१२ मा भएको एएफसी च्यालेन्ज कप छनोटमा जित दर्ता गरेको थियो ।
नेपाल बुधबार भएको खेलमा भने घरेलु टोली ताजिकिस्तानसंग ४–० गोल अन्तरले पराजित भएको थियो ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।