२०८२ जेष्ठ ४ शनिबार
  • काठमाडौँ

बूढानीलकण्ठमा हरिबोधनी एकादशी मनाउनेको भिड

काठमाडौँ, कात्तिक २७ । काठमाडौँको बूढानीलकण्ठमा हरिबोधिनी एकादशी मनाउनेको भिड लागेको छ । भगवान् विष्णु नारायणको पूजा आराधना गरी मनाइँदैछ ।

हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा मङ्गलबार दामाेदरसँग विवाह गरेर मनाइन्छ ।

आज उपत्यकाका चार नारायण, भक्तपुरको चाँगुनारायण, ललितपुरको विशङ्खुनारायण, काठमाडौँका शेषनारायण, इचङ्गुनारायणमा विशेष मेला लागेको छ ।

ती चार नारायण जान नसक्नेले काठमाडौँको उत्तरमा रहेका बूढानीलकण्ठ नारायणस्थानको दर्शन गर्दा चार नारायणको दर्शन र पूजा गरे बराबरको फल पाइने जनविश्वास छ ।

असार शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुत्नुभएका भगवान् विष्णु ब्युँझिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रबाेधिनी एकादशी पनि भनिन्छ ।

२०८१ कार्तिक २७, मंगलवार प्रकाशित 0 Minutes 82 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।