२०८२ जेष्ठ ४ शनिबार
  • काठमाडौँ

बूढानीलकण्ठमा हरिबोधनी एकादशी मेला

काठमाडौं कार्तिक २६ । कार्तिक शुक्ल एकादशीको अवसर पारेर काठमाडौंको बूढानीलकण्ठमा भोलिबाट यहि कार्तिक ३० गते शुक्रबारसम्म हरिबोधनी एकादशी विशेष मेला लाग्ने भएको छ । भगवान श्रीहरि विष्णु र महादेवको हरिहर स्वरुप मानिएको बूढानीलकण्ठमा हरेक वर्ष कार्तिक शुक्ल एकादशीदेखि पूर्णीमासम्म विशेष मेला लाग्ने गर्दछ । मेलाको अवसरमा श्रीमद्भावगत ज्ञानमहायज्ञको सञ्चालन सहित विशेष पूजा उत्सवको आयोजना गरिने बूढानीलकण्ठ एकादशी मेला मूल व्यवस्थापन समितिले जानकारी दिएको छ ।

मेला आयोजना सम्वन्धमा जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा बूढानीलकण्ठ नगरपालिकाको उपप्रमुख समेत रहनुभएकी मेला अनुगमन उपसमितिका संयोजक अनिता लामाले मेला व्यवस्थापनका लागि विभिन्न उपसिमितहरुको गठन गरिएको जानकारी दिनुभयो । सनातन धर्म अनुसार असार शुक्ल एकादशी अर्थात हरिशयनी एकादशीको दिनदेखि क्षिर सागरमा शयन गर्नुभएका भगवान श्रीहरि विष्णु कार्तिक शुक्ल एकादशीको दिनमा जागा हुनुहुने भएकोले यो दिनलाई हरिबोधनी एकादशी भनिएको हो ।

विष्णु भगवान जागा हुनुहुने हरिबोधनी एकादशीलाई विशेष दिनको रुपमा पुराण उवम् धार्मिक ग्रन्थहरुमा व्याख्या गरिएको छ । यहि दिन तुलसीको विवाह भएको मान्यताका आधारमा घरघरमा तुलसीको विवाह गर्ने प्रचलन पनि छ ।

हरिबोधनी एकादशीको दिनमा व्रत बसेर भगवान नारायणको पूजा र संङ्किर्तन गर्नाले व्यक्तिगत एवम् पारिवारिक सुख शान्ति प्राप्त हुने धार्मिक विश्वास छ । हरिबोधनी एकादशीको दिनबाट चतुर्मास पनि समापन हुनेछ ।

हरिबोधनी एकादशीको अवसरमा बूढानीलकण्ठ नगरपालिकाले भोलि नगर क्षेत्रमा सार्वजनिक विदा दिने निर्णय पनि गरेको छ ।

२०८१ कार्तिक २६, सोमबार प्रकाशित 0 Minutes 84 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।