
काठमाडौं । स्थानीय तहको निर्वाचन नजिकिएसँगै जनकपुर विमानस्थलको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिइएको छ ।
नेपाल प्रहरीले विमानस्थलको सुरक्षामा खट्दै आएकोमा स्थानीय तहको निर्वाचन नजिकिएसँगै उनीहरू निर्वाचनमा खटिएपछि विमानस्थलको सुरक्षा जिम्मा नेपाली सेनालाई दिइएको हो ।



आइतबारदेखि विमानस्थलको जिम्मा नेपाली सेनाले लिएका छन् । जनकपुर विमानस्थलका प्रमुख योगेन्द्र कुँवरले विमानस्थलको सुरक्षा नेपाल प्रहरीले गर्दै आएकोमा निर्वाचनमा उनीहरू खटेकाले यस अवधिभरका लागि नेपाली सेनाले विमानस्थलको सुरक्षा गर्ने बताउनुभयो ।
अहिले नेपाली सेनाको मेजरको नेतृत्वमा ४८ नेपाली सेना विमानस्थलको सुरक्षामा खटेका छन् । एक्सरे मेसिन तथा विमानस्थलमा बडी सर्चका लागि महिलाका लागि महिला प्रहरी र पुरषका लागि पुरुष प्रहरी खटेका छन् ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।