२०८२ जेष्ठ ४ शनिबार
  • काठमाडौँ

मनाङेलाई ५ वर्ष कैद सजाय हुने गरी पुनरावेदन अदालतले गरेको फैसला सदर

काठमाडौं कार्तिक २० । गण्डकी प्रदेशका पुर्वमन्त्री तथा प्रदेशसभा सदस्य दीपक मनाङेका नामले परिचित राजीब गुरुङलाई ज्यान मार्ने उद्योगमा सर्वोच्च अदालतले दोषी ठहर गरेको छ । मनाङे विरुद्दको यसअघिको तत्कालीन पुनरावेदन अदालत तथा हालको उच्च अदालत पाटनले गरेको फैसलालाई सर्वोच्च अदालतले सदर गरेको हो ।

न्यायाधीशहरु डा. नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले तत्कालीन पुनरावेदन अदालत पाटनले मनाङेलाई ५ वर्ष कैद सजाय हुने गरी गरेको फैसलालाई सदर गरेको हो ।

तत्कालीन पुनरावेदन अदालत पाटनले मनाङेलाई २०६९ सालमा ५ वर्ष कैद सजाय सुनाएको थियो ।

२०६१ सालमा चक्रे मिलनमाथि आक्रमण गरेको आरोपमा दीपक मनाङेसहित उनको समूहका युवाहरुलाई ज्यान मार्ने उद्योगमा मुद्दा चलेको थियो । सर्वोच्च अदालतको यो फैसलासँगै प्रदेस सांसद मनाङे कारागार बस्नुपर्ने भएको छ ।

तोकिएको ५ वर्ष कैद सजायमध्ये भोग्न बाँकी समय उहाँ कैद बस्नुपर्ने कानुनविदहरुले बताएका छन । यसअघि मनाङे यही मुद्दाको सिलसिलामा करिब २ वर्ष कारागार बसिसक्नु भएको छ ।

सर्वोच्च अदालतको अहिलेको फैसलासँगै मनाङेको सांसद पद रिक्त हुने कानुनविदहरुले जनाएका छन । कानुनविदहरु गान्धी पण्डित र डाक्टर भिमार्जुन आचार्यले अब मनाङेको सांसद पद नरहने जानकारी दिनुभयो ।

२०८१ कार्तिक २०, मंगलवार प्रकाशित 0 Minutes 78 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।