२०८२ जेष्ठ ४ शनिबार
  • काठमाडौँ

भाईटीकाको उत्तम साइत विहान ११ बजेर ३७ मिनेटमा

काठमाडौं कार्तिक १८ । कार्तिक शुक्ल द्वितियाका दिनमा मनाइने भाइटीका आइतबार मनाइदै छ । यस वर्ष भाईटिकाको उत्तम साइत विहान ११ बजेर ३७ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

समितिले विज्ञप्ति जारी गर्दै भाईटीकाको दिनमा बिहान ११ बजेर ३७ मिनेट टीका लगाउन उत्तम साइत रहेको जानकारी गराएको छ । साइत खोज्नेहरुका लागि साईत दिइएको भएपनि भाईटिकाको दिनभर नै दिदीबहिनीका हातबाट दाजुभाईलाई टीका लगाइदिन कुनेै बाधा नभएको पनि समितिले जनाएको छ ।

भाईटीकाको दिनमा दिदीबहिनीहरुले आफ्ना दाजुभाईको दीर्घायु र मंगलको कामना गर्दै सप्तरङ्गी टीका लगाइदिने गर्दछन् ।

२०८१ कार्तिक १८, आईतवार प्रकाशित 0 Minutes 73 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।