२०८२ असार २४ मंगलवार
  • काठमाडौँ

कुकुरलाई पूजा सहित मीठा-मीठा खानेकुरा खान दिएर सम्मान गरी मनाइयो कुकर तिहार

काठमाडौं कार्तिक १५ । यमपञ्चक तिहारको अवसरमा आज घर घरमा सुरक्षा गर्ने कुकुरलाई पूजा आराधनासहित मीठा-मीठा खानेकुरा खान दिएर सम्मान गरी कुकर तिहार मनाइँएको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवं वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका अध्यक्ष प्राडा देवमणि भट्टराईका अनुसार नरक चतुर्दशी र कुकुर तिहार सूर्योदय कालमा चतुर्दशी भएको दिन मनाउनुपर्ने भएकोले आज विहान कुकुर तिहार मनाइएक हो ।

कुकुरलाई मीठा मीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रूपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिएको धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले जानकारी दिनुभयो ।

अपराध अनुसन्धान गर्न नेपाल प्रहरीले तालिम प्राप्त कुकुरको प्रयोग गर्दै आएको छ । कुकुर तिहारको अवसरमा नेपाल प्रहरीले अपराध अनुसन्धानमा प्रयोग हुँदै आएका तालिमप्राप्त कुकुरहरूको पूजा गर्यो । सो अबसरमा कुकुरहरुले विभिन्न कला समेत प्रदर्शन गरेका थिए ।

धार्मिक मान्यतासंगै मानिसको साथीको रुपमा परिचित बफादारिताको प्रतिक कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रूपमा पनि लिने गरिन्छ ।

२०८१ कार्तिक १५, बिहीबार प्रकाशित 1 Minute 62 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।