
काठमाडौँ, कात्तिक १३ गते । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने हिन्दूहरुको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् रुपमा आरम्भ हुँदैछ । बिहान एघार बजेर एक मिनेटसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लाग्ने भएकाले आजदेखि तिहार सुरु भएको हो ।
यस वर्ष यमदीपदान भने भोलि अर्थात् बुधबारदेखि सुरु हुनेछ । काग तिहार पनि कात्तिक १४ गते बुधबार नै परेको समितिका अध्यक्ष प्राध्यापक श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो ।



आज कात्तिक द्वादशी अर्थात् धनतेरस हो । सुन, चाँदी, तामा, फलामलगायत धातुका नयाँ भाँडाकुँडा किनेर लक्ष्मीपूजाका दिन पूजा गर्ने प्रचलन छ । दीपावलीको किनमेलका लागि धनतेरसलाई निकै उत्तम मानिन्छ ।
विशेष गरी मिथिला क्षेत्रमा धातुका सामान किनेर पूजाआराधना गर्दै दीपावली पर्व प्रारम्भ गर्ने परम्परा छ । घरघरमा आजै साँझदेखि उज्यालो बत्ती बालेर नयाँ किनिएका धातुका सामान र धनधान्यकी देवी लक्ष्मीको पूजाआराधना गरिन्छ ।
सन्ध्याकालमा दीप प्रज्ज्वलनसँगै धनतेरसको पूजा गरेर ‘दीपावली’ पर्व सुरु गरिन्छ । पर्व विशेषका कारण आज सुनचाँदीका गहना बनाउने पसलमा ग्राहकको भिडभाड देखिन्छ । धनतेरसका दिन बहुमूल्य धातु किनेर पूजा गरे धन सम्पत्ति जोगिने जनविश्वास छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।