२०८२ जेष्ठ ५ आईतवार
  • काठमाडौँ

पहिलो खेलमा नेपाल जिम्बावे ‘ए’संग पराजित

काठमाडौं । जिम्बावे ‘ए’ विरुद्धको टी–ट्वान्टी सिरिजअन्तर्गत आज भएको पहिलो खेलमा नेपाल ६ विकेटले पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको १८२ रनको लक्ष्य जिम्बावे ए टोलीले १८ दशमलव ५ ओभरमा ४ विकेट गुमाएर पूरा ग¥यो । जिम्बावेको जितमा तडिवानाशे मारुमानीले सर्वाधिक ५६ रनको योगदान दिए । त्यस्तै कप्तान टोनी मुनयोङ्गाले ५० रन जोडे भने इनोसेन्ट कैयाले ४७ रन बनाए ।

नेपालका बसिर अहमदले २ तथा कप्तान सन्दीप लामिछाने र करण केसीले समान १/१ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १८१ रन बनाएको थियो । नेपालका लागि आदिल अन्सारीले अविजित रहँदै सर्वाधिक ४७ रन बनाए । उनले २७ बलमा चार चौका र तीन छक्कासहित ४७ रनको योगदान दिएका हुन ।

त्यस्तै कुशल भुर्तेलले ४६ रन जोड्दा रोहित पौडेलले ३९ रन बनाए । दीपेन्द्र सिंह ऐरीले २८ रन बनाए भने आसिफ शेख ९ रनमा आउट भए । आरिफ शेख २ रनमा आउट भए भने करण केसी ४ रनमा अविजित रहे । बलिङमा जिम्बावेका ब्राड इभान्स, लुक जोंग्वे, बे्रन्डन मभुता र जोन मसराले समान १-१ विकेट लिए ।

आइसिसी पुरुष क्रिकेट विश्वकप लिग टूअन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीस्वरूप नेपालले जिम्बावे ए टोलीसँग उक्त सिरिज खेलिरहेको हो ।

२०७९ बैशाख १९, सोमबार प्रकाशित 1 Minute 138 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।