२०८२ जेष्ठ ४ शनिबार
  • काठमाडौँ

बंगलादेशको अन्तरिम सरकार प्रमुख मुहम्मद युनुसको शपथ

काठमाडौँ साउन २४ । बंगलादेशको अन्तरिम सरकारको प्रमुखका रुपमा नोबेल पुरस्कार विजेता प्रोफेसर मुहम्मद युनुसले शपथ लिनुभएको छ।  उहाँले अन्तरिम सरकारको प्रमुख सल्लाहकारको रुपमा बिहीबार राति राष्ट्रपति कार्यालय बंगभवनमा आयोजित विशेष समारोहबीच राष्ट्रपति मोहम्मद शहबुद्दीनसमक्ष पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको हो।

युनुस नेतृत्वको अन्तरिम सरकारमा १६ सदस्य बनेको छ । जसमा आरक्षणविरोधी आन्दोलनको नेतृत्व गर्ने विद्यार्थ नेता हरु नहिद इस्लाम र आसिफ महमुद पनि समेटिएका छन्।

शेख हसिनाले प्रधानमन्त्रीबाट राजीनामा दिएर देश छाडेपछि बंगलादेशको राजनीतिक संक्रमणकाललाई पार लगाउने जिम्मेवारी ८४ वर्षीय युनुसले पाउनु भएको हो ।

हसिनाको शासनकालमा भ्रष्टाचार र कानुन उल्लंघनका नाममा दर्जनौँ मुद्दा खेपेका युनुस खासमा बंगलादेशका गरिब नागरिक र अन्तर्राष्ट्रिय समुदायमा  विभिन्न सामाजिक अभियानहरुका कारण चर्चित र सम्मानित हुनुहुन्छ । त्यही सम्मानित व्यक्तित्वका कारण मुलुकको राजनीतिक संक्रमणकाललाई पार लगाउने अभिभावकका रूपमा युनुसलाई अघि सारिएको हो ।

हसिनाको सत्ता ढाल्ने कारक बनेको विद्यार्थी आन्दोलनका अगुवाहरूले सुरूमा युनुसलाई अन्तरिम सरकारको प्रमुखको रूपमा अघि सारेका हुन् । विद्यार्थी आन्दोलनका अगुवाको मागलाई सम्बोधन गर्दै बंगलादेशको सेना र अन्य राजनीतिक दलहरूले पनि युनुसलाई जिम्मेवारी दिन तयार भएको हो । सबैको आग्रहलाई स्वीकार्दै युनुस सरकारको प्रमुख बन्नुभएको छ।

२०८१ श्रावण २४, बिहीबार प्रकाशित 0 Minutes 70 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।