
काठमाडौं साउन २२ । बङ्गलादेशका राष्ट्रपति मोहम्मद साहाबुद्दिनले विद्यार्थी आन्दोलनको प्रमुख मागलाई सम्बोधन गर्दै मङ्गलबार संसद् विगठन गर्नुभएको छ ।
“राष्ट्रपतिले संसद् विघटन गर्नुभएको छ”, राष्ट्रपति मोहम्मद साहाबुद्दिनका प्रेस सचिव सिप्लु जमानले बताउनुभयो ।



बङ्गलादेशमा आएको राजनैतिक परिवर्तनपछि सोमबार राति नै राष्ट्रपति मोहम्मद साहाबुद्दिनले सेना प्रमुख वाकर–उज–जमानलाई अन्तरिम सरकार गठन गर्न स्वीकृति प्रदान गर्नुभएको हो ।
देशका सेना प्रमुखले अन्तरिम सरकार बनाउने बताउदै नयाँ निर्वाचनको घोषणा गर्ने समेत बताएका छन् । तर विद्यार्थी आन्दोलनका नेताहरूले अब बन्ने सरकारमा सैन्य नेतृत्वको सरकारलाई स्वीकार नगर्ने बताएका छन्।
विद्यार्थी नेताहरूले नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसलाई अन्तरिम सरकारको प्रमुख सल्लाहकार बन्न दबाब दिँदै सैन्य नेतृत्वको सरकारलाई स्वीकार नगर्ने स्पष्ट पारेका छन्। युनुस पेरिसबाट ढाका फर्कदै हुनुहुन्छ ।
बंगलादेशीहरू भने अब के हुन्छ पर्खिरहेका छन् ।
ढाकामा प्रधानमन्त्री हसिनाको निवासमा हिजो ठूलो भीडले आक्रमण गरेको थियो भने राजधानीमा लुटपाट र अराजकता समेत फैलिएको थियो ।आईतबार मात्रै १ सय भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो र त्यस दिनलाई हिंसाको सबैभन्दा घातक दिनको रूपमा लिईएको छ ।
निजामती सेवाको जागिरको कोटा खारेज गर्नुपर्ने माग राख्दै विद्यार्थीहरुले आन्दोलन सुरु गरेका थिए । रासस/एएफपी
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।