२०८२ जेष्ठ ५ आईतवार
  • काठमाडौँ

नेपाल फाइनलमा; उपाधिका लागि फेरि भारतसँग भिडन्त

काठमाडौं साउन २२ । नेपाल काभा नेशन्स वुमन भलिबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा भएको खेलमा इरानलाई ३-० को सोझो सेटमा पराजित गर्दै घरेलु टोली नेपालले उपाधि यात्रा तय गरेको हो ।

आजको खेलमा नेपालले इरानमाथि २५–२१, २८–२६, २५–२० को नतिजा सहित जित दर्ता गरेको हो । लिग चरणमा भएको भेटमा इरानसंग मात्रै पराजित भएको नेपालले सेमिफाइनलमा भने लिग चरणको हारको बदला लिएको छ ।

लिग चरणमा नेपाल इरानसँग ३–२ को सेटमा पराजित भएको थियो । पहिलो र दोश्रो खेल आफ्नो पक्षमा पारेर उत्साहित बनेको नेपालले तेश्रो प्रतिष्पर्धा पनि सजिल्यैसंग आफ्नो पक्षमा पार्न सफल भयो ।

खेलमा नेपालका सरस्वती चौधरी, उषा भण्डारी र निरुता ठगुन्नाले उत्कृष्ट प्रदर्शन गरेको थियो । र

णनीतिक रुपमा बलियो मानिएको इरानका खेलाडीले पनि उत्कृष्ट प्रदर्शन गरेका थिए । त्यसपछि अझ उत्साहित नेपाली खेलाडीका अगाडि इरानको केही लागेन । अव नेपालले फाइनल खेल चिरपरिचित भारतसंग खेल्ने छ । फाइनलमा नेपालले बलियो भारतसँग प्रतिस्पर्धा गर्नेछ ।

मङ्गलबार भएको खेलमा भारतले श्रीलङ्कालाई ३–० को सोझो सेटमा हराउँदै फाइनलमा स्थान बनाएको हो । भारतले २५–१५, २५–१६, २५–२३ को जित निकालेको थियो ।

लिग चरणमा नेपालले भारतलाई ३–२ को सेटमा हराएको थियो । महिला भलिबलमा नेपालले भारतलाई हराएको यो पहिलो पटक हो । फाइल खेल भोलि हुनेछ ।

२०८१ श्रावण २२, मंगलवार प्रकाशित 1 Minute 59 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।