२०८२ जेष्ठ ५ आईतवार
  • काठमाडौँ

नेपाली पुरुष र महिला टोली उपाधि नजिक

काठमाडौँ, १९ साउन । नेपालको पुरुष र महिला दुबै राष्ट्रिय बिच भलिबल टोली भुटानमा जारी काभा बिच भलिबल च्याम्पियनसिपको फाइनलमा पुगेका छन् ।

भुटानको राजधानी थिम्पुस्थित चाङ्लिमिथाङ राष्ट्रिय रंगशालामा शनिबार बिहान भएको सेमिफाइनलमा माल्दिभ्सलाई २-० को सोझो सेटमा पराजित गर्दै मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनारको जोडी रहेको नेपाल पुरुष टोली उपाधिनजिक पुगेको हो। पहिलो सेट २१-१० ले जितेको टोलीले अर्को सेट २१-१६ ले आफ्नो पक्षमा पार्‍यो।

यसैगरी कमला पुन र मनिषा चौधरीको जोडीले पनि फाइनलको यात्रा तय गरेको हो । सेमिफाइनल खेलमा पुन र चौधरीको जोडीले उज्वेकिस्तानका खेलाडीलाई २–० सोझो सेटमा पराजित गरेको हो ।

नेपालले उज्वेकिस्तानलाई २१–१३ र २१–१२ अङ्कले हराएको हो ।

उक्त प्रतियोगितामा पुरुषतर्फ १० तथा महिलातर्फ सात टोली सहभागी छन् ।

२०८१ श्रावण १९, शनिबार प्रकाशित 1 Minute 93 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।