
काठमाडौं साउन १७ । काभा महिला भलिबल नेसन्स लिग प्रतियोगितामा नेपालले श्रीलङ्कालाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आजबाट शुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा जित दर्ता गर्दै नेपालले विजयी सुरुवात गरेको हो । खेलमा नेपालले श्रीलङ्कालाई ३–० को सोझो सेटमा पराजित गर्न सफल भयो ।



नेपालले श्रीलङ्कामाथि पहिलो सेट २५–१९, दोस्रो सेट २५–१८ र तेस्रो सेट २५–१९ को जित दर्ता गराएको हो । यस जितसँगै नेपालले तीन अङ्क जोडेको छ ।
अब नेपालले आफ्नो दोस्रो खेल शनिबार भारतसँग खेल्नेछ । प्रतियोगिता अन्तर्गत आजै अर्को खेलमा भारतले इरानलाई ३-१ को सेटमा पराजित गर्यो ।
प्रतियोगितामा नेपाल सहित भारत, श्रीलंका, माल्दिभ्स र इरानको सहभागिता रहेको छ ।
प्रतियोगिता अन्तर्गत भोली दुई खेल हुनेछन् । पहिलो खेलमा इरान र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ। दोस्रो खेलमा माल्दिभ्सले भारतको सामना गर्नेछ ।
राउण्ड रोविन लिगको आधारमा हुने प्रतियोगिताको लिग चरणका शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।