
काठमाडौं साउन १६ । पेरिस ओलम्पिक २०२४ मा सहभागीता जनाएका सात जना नेपाली खेलाडीमध्ये छ जना ओलम्पिकको प्रारम्भिक चरणबाटै बाहिरिएका छन् ।
नेपालले सहभागिता जनाएको टेबल टेनिसका स्यान्टु श्रेष्ठ, सुटिङकी सुस्मिता नेपाल, जुडोकी मनिता श्रेष्ठ प्रधान, पौडीका डुवाना लामा र एलेक्सजेन्डर शाह प्रतियोगिताबाट बाहिरिएका हुन् । समूह चरणका तीन खेल खेलेका ब्याण्डमिण्टनमा प्रिन्स दाहाल पनि समूह चरणबाटै बाहिरिए ।



समूह चरणको अन्तिम खेलमा आज इजरायलका मिसा गिल्बर म्यानसँग २–० को सोझो सेटमा पराजित भएसंगै नेपालका नम्बर एक ब्याडमिन्टन खेलाडी प्रिन्स पेरिस ओलम्पिकमा जितविहीन बन्दै प्रतियोगिताबाट बाहिरिएका हुन् ।
अब ओलम्पिकमा एथलेटिक्सकी सन्तोषी श्रेष्ठले म्याराथनमा प्रतिस्पर्धा गर्न मात्रै बाँकी छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।