२०८२ जेष्ठ ५ आईतवार
  • काठमाडौँ

स्यान्टु पहिलो चरणमै पराजित

काठमाडौं, साउन ११ । फ्रान्सको राजधानि पेरिसमा भइरहेको ३३ औं गीष्मकालीन ओलम्पिक्समा शनिवार भएको टेबल टेनिस प्रतिस्पर्धामा नेपाली टेबुल टेनिस खेलाडी स्यान्टु श्रेष्ठ प्रारम्भिक चरणमै पराजित भएका छन् ।

स्यान्टु सेनेगलका इब्राहिम डिएवसँग ४-० ले पराजित भएका हुन् । पहिलो सेटमा टक्कर दिएका स्यान्टुले १०-१२ ले सेट गुमाएका थिए ।

त्यसपछि भएका सबै सेटको खेलमा उनी ३-११, ४-११ र ५-११ ले पराजित भए । यो पराजय पछि स्यान्टु अन्तिम ६४ मा पुग्न असफल भएका छन् ।  स्याण्टु दक्षिण एशियाको छनोट चरण पार गरेर ओलम्पिकमा छनोट हुन सफल भएका थिए । यसैगरी  अन्य खेलाडीसंगै कोटा तथा वाइल्ड कार्डको आधारमा छनोट भएका हुन् ।

पेरिस ओलम्पिकमा नेपालको तर्फबाट विभिन्न ६ खेलमा सात जना खेलाडीहरुले प्रतिस्पर्धा गर्दैछन् । यस पटक ओलम्पिकमा स्यान्टु सहित जुडोमा मनिता श्रेष्ठ प्रधान, एथलेटिक्समा सन्तोषी श्रेष्ठ, स्विमिङमा डुवाना लामा, एलेक्जान्डर शाह, ब्याडमिन्टनमा प्रिन्स दाहाल र सुटिङमा सुस्मिता नेपालले भाग लिइरहेका छन् ।

२०८१ श्रावण १२, शनिबार प्रकाशित 1 Minute 67 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।