२०८२ जेष्ठ ४ शनिबार
  • काठमाडौँ

आमा प्रतिको श्रद्धा व्यक्त गरेर मनाइदैं आमाको मुख हेर्ने दिन; हजारौं पुगे मातातीर्थमा

काठमाडौं। आज वैशाखकृष्ण पक्ष औँसी अर्थात आमाको मुख हेर्ने दिन। आजको दिनमा आफूलाई जन्म दिने आमालाई सम्मान गरी मीठामीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ।

आजको दिनमा छोराछोरीले बिहानै उठेर नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा लगाइदिने तथा मीठा र तागतिला खानेकुरा खुवाउने गर्दछन्। भक्तिभावसहित आमाको आशीर्वाद थाप्ने चलन रहेको छ।

शास्त्रमा आमालाई पण्डित, आचार्य र पिताभन्दा पनि ठूली मानिएको छ। आजको दिनलाई आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा आशीश थाप्ने दिनका रूपमा लिइँदै आएको परम्परा छ।

आजको दिन चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थमा मेला लाग्ने गर्छ। कोराना महामारीका कारण पछिल्लो दुई वर्ष उक्त मेला रोकिए पनि आज भने लाग्ने नगरपालिकाले जनाएको छ।

२०७९ बैशाख १७, शनिबार प्रकाशित 0 Minutes 109 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।