
काठमाडौँ जेठ ६- सहकारी ठगी सम्बन्धी प्रकरणमा संसदीय छानविन समिति गठन गर्न दलहरुबीच सहमति भएपनि कार्यदलले टिओआर टुंगो लगाउन नसक्दा संसदको बैठक प्रभावित भइरहेको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कार्यदलभित्र टिओआरको अन्तिम किनारा नलाग्दासम्म बैठक शुरु नगर्न सभामुखलाई आग्रह गरेपछि



प्रतिनिधि सभाको बैठक पुनः सरेको छ ।
संसद सचिवालयले सूचना प्रकाशन गरेर बैठक सरेको जानकारी गराएको छ ।
यता, सहकारीको विषयमा छानवीन समिति बनाउन संदीय समिति बनाउने र उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई बैठकमा सम्बोधन गर्न दिने सम्वन्धमा सहमति जुटाउन सत्तापक्ष र प्रतिपक्ष दलका नेताहरुबीच छलफल पनि जारी छ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।