२०८२ असार २४ मंगलवार
  • काठमाडौँ

ठमेल र दरबारमार्ग २४ घण्टा खुल्ने

काठमाडौं चैत ३० । २०८१ साल वैशाख १ गतेदेखि काठमाडौँको ठमेल र दरबारमार्ग क्षेत्र रातभरि पनि खुला रहने भएको छ । रातभरि पनि व्यवसाय सञ्चालन गर्न सकिने गरी व्यवस्थापन गरिएको छ । पूर्ण समय व्यवसाय सञ्चालन गर्ने सम्बन्धी आचारसंहिता तथा मापदण्ड, २०८० स्वीकृत भइसकेको छ ।

मापदण्डमा  व्यवसायीहरूले पालना गर्नुपर्ने, उपभोक्ताहरूले पालना गर्नुपर्ने, त्यहाँ कार्यरत श्रमिकहरूले पालना गर्नुपर्ने आचारसंहिता र स्थानीय बासिन्दाहरूको अधिकार  दायित्व पनि उल्लेख गरिएको छ । त्यसैगरी  सुरक्षा संयन्त्रले सुरक्षा प्रदान गर्नका लागि अवलम्बन गर्नुपर्ने विधि, प्रक्रियाहरू पनि मापदण्डमा उल्लेख गरिएको जिल्ला प्रशासन कार्यालय काठमाण्डौले जनाएको छ ।

रात्रिकालीन मनोरञ्जनात्मक व्यवसायका क्रममा अरुलाई डिस्टर्ब हुनेगरी ठूलो आवाजमा सांगितिक कृयाकलाप गर्न नपाइने, खुला स्थानमा लाइभ म्युजिकल कन्सर्ट गरेर मनोरञ्जनात्मक कार्यक्रमसहितका व्यवसाय निश्चित समयसम्मको लागि मात्रै गर्न पाउने र म्युजिक बन्द गरेर व्यवसाय सञ्चालन पाइने व्यवस्था गरिएको छ ।

रात्रिकालीन मनोरञ्जनात्मक व्यवसायका क्रममा अरुलाई डिस्टर्ब हुनेगरी ठूलो आवाजमा सांगितिक कृयाकलाप गर्न नपाइने, खुला स्थानमा लाइभ म्युजिकल कन्सर्ट गरेर मनोरञ्जनात्मक कार्यक्रमसहितका व्यवसाय निश्चित समयसम्मको लागि मात्रै गर्न पाउने र म्युजिक बन्द गरेर व्यवसाय सञ्चालन पाइने व्यवस्था गरिएको छ । ठमेल बजार राती पनि खुल्दा अर्थतन्त्रमा सुधार आउनुको साथै मनोरञ्जनको थलो पनि बन्ने सर्वसाधारणको भनाइ छ ।

ठमेल बजार रातीपनि खुल्ने भएपछि त्यहाँ चहलपहल बढेको छ । सुरक्षा व्यवस्था कडा नभएमा सुरक्षाको दृष्टिकोणले रातभरि खुला राख्दा सुरक्षा जोखिम हुने व्यापारीहरुको भनाइ छ ।

रात्रिकालीन समयमा यातायातको साधनहरू अभाव हुने र बजारबाट फर्किनका लागि समस्या हुने कुरालाई मध्यनजर गरी नगरबस, ट्याक्सी, अनलाइन सवारीसाधन सञ्चालन गर्ने काममा लागेको पनि जिल्ला प्रशासन कार्यालय काठमाण्डौले जनाएको छ ।

२०८० चैत्र ३०, शुक्रबार प्रकाशित 0 Minutes 104 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।