
काठमाडौं चैत ३० । एसिसी प्रिमियर कप क्रिकेटको आफ्नो पहिलो खेलमा नेपाल विजयी भएको छ । ओमनको अल अमेरात क्रिकेट मैदानमा भएको खेलमा मलेसियालाई ५ विकेटले पराजित गर्दै नेपालले पहिलो जित दर्ता गराएको हो ।
टस जितेर सुरवाती ब्याटिङ गरेको मलेसियाले दिएको १ सय ४४ रनको लक्ष्य पछ्याएको नेपालले ४ बल बाँकी छदै ५ विकेटको क्षतिमा लक्ष्य पुरा गर्यो । नेपालको जितमा आशिफ शेखले सर्वाधिक ३२ रन बनाए । यसैगरी कप्तान रोहित पौडेलले २८ रन बनाए भने ओपनर कुशल भुर्तेल २४ रनमा आउट भए ।



यसैगरी दिपेन्द्रसिंह ऐरी २० रनमा आउट भए भने गुल्सन झा १९ र सन्दिप जोरा १२ रनमा नटआउट रहे । कुशल मल्लले ७ रन बनाए । यो जितसंगै जितसँगै नेपालले अंक तालिकामा २ अंक जोडेको छ। नेपाल विरुद्ध मलेसियाका वीरन्दीप सिंहले सर्वाधिक ३ विकेट लिए । मोहम्मद वाफिक र पवनदीप सिंहले १/१ विकेट लिए ।
मलेसियाले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ४३ रनको यगफल बनाएको थियो ।
मलेसियालाई सामान्य रनमै समेट्न दीपेन्द्र सिंह ऐरीले २ विकेट लिए । यस्तै अविनाश बोहोराले १ विकेट लिए । मलेसियाका लागि कप्तान भिरनदिप सिंहले सर्वाधिक ६८ रनको अविजित इनिङ खेले ।
यस्तै शर्भिन मुनियान्डीले ४१ रन जोडे । प्रमियर कप अन्तरगत आजै नेपालकै समूहमा रहेका हङकङ र कुवेतबीच भएको खेलमा हङकङ २६ रनले विजयी भयो ।
यसैगरी प्रिमियर कपमा आजै भएका समूह बीको खेलमा बहराइनलाई ३ रनले हराउदै ओमान विजयी भयो भने अर्को खेलमा युएइले कुवेतलाई ७ विकेटले पराजित गर्यो ।
जारी प्रतियोगितामा अब नेपालले भोलि कतारसंग खेल्ने कार्यक्रम छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।