२०८२ जेष्ठ ६ सोमबार
  • काठमाडौँ

बुढो गोरु बेचेर पाखी किन्ने बेला आयो; चैतको मौसम देखेर विज्ञ नै छक्क

काठमाडौँ, चैत १६ गते । केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको बदली शनिबारसम्म जारी नै रहने र आइतबारदेखि क्रमशः सुधार हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । न्यून चापीय वायुको प्रभाव आइतबारदेखि कमजोर भई मौसममा सुधार हुने  महाशाखाको   पूर्वानुमान छ ।

मौसमविद्हरु अहिलेको यो मौसमी प्रणाली देखेर छक्क परेको र कुनै अनुमान गर्न नसकिने बताउँछन् । चैतमा प्रिमनसुनको संकेत स्वरुप दिउँसो घाम लाग्ने र साँझपख चट्याङ सहित पानी पर्ने भएपनि यस पटक त्यस्तो भएको छैन् । १० दिन यता लगातार जस्तै वर्षा भइरहेको छ । गत बुधवारबाट पर्न थालेको झरी अझै पर्ने रोकिने क्रममा छ । यसले बुढापाकाले भन्ने गरेको चैतमा बुढो गोरु बेचेर पाखी किन्नुपर्ने अवस्था ल्याएको कतिपयको भनाइ छ ।

तर मौसमविद्हरुको भनाइ भने केहि भिन्न छ । महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले स्थानीय वायुको प्रभाव, नेपाल नजिकै रहेको न्यून चापीय वायुको प्रभाव, बङ्गालको खाडीबाट आएको वाफयुक्त वायु नेपालतिर आएका कारण विशेष गरी मुलुकको पूर्वी क्षेत्रमा प्रि–मनसुन सक्रिय भएको बताउनुभयो । “हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ”, उहाँले भन्नुभयो, “भोलिसम्म मौसम बदली भइरहन्छ भने आइतबारदेखि  सुधार हुनेछ ।”

महाशाखाका अनुसार आगामी २४ घण्टामा कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना भएकाले त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

२०८० चैत्र १६, शुक्रबार प्रकाशित 0 Minutes 92 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।