
काठमाडौं पुस २३ । राष्ट्रिय सभा निर्वाचनका लागि सत्ता गठबन्धन र नेकपा एमालेले निर्वाचन हुने सबै १९ सिटमै उम्मेदवारी दिएका छन । सत्ता गठबन्धनले साझा उम्मेदवार प्रश्तुत गरेको छ भने प्रमुख प्रतिपक्षी दल एमाले र अन्य दलहरुले आ आफ्ना उम्मेदवारहरु अघि सारेका छन ।
कोशी प्रदेशमा दुई पदका लागि सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला अन्य क्लस्टरमा र महिला तर्फबाट नेकपा माओवादी केन्द्रकी नेतृ चम्पादेवी कार्कीले मनोनयन दर्ता गराउनुभयो । सोहि पदका लागि नेकपा एमालेका नेता पर्शुराम अधिकारी र रुकमिणी कोइरालाले उम्मेदवारी दिुनुभएको छ भने, राप्रपाका उद्धव पौडेलले उम्मेवारी दर्ता गराउनुभयो ।



मधेस प्रदेशमा दुई पदका लागि गठबन्धनको तर्फबाट अन्यमा नेपाली कांग्रेसका आनन्द ढुङ्गाना र महिलामा जसपाकी पुजा चौधरीले मनौनयन दर्ता गराउनुभएको हो । गठबन्धनका ढुङ्गाना र चौधरीसँग नेकपा एमालेका कुमारी विजेता झा, उषादेवी थरुनी र जनमत पार्टीका महाशंकर महासेठ निर्वाचनमा होमिनुभएको छ ।
बागमतीमा चार सिटका लागि सत्ता गठबन्धन दलको तर्फबाट अन्यमा नेपाली कांग्रेसका जितजङ्ग बस्नेत, र महिलामा कांग्रेसकै विष्णुदेवी पौडेल, अल्पसंख्यकमा माओवादी केन्द्रका श्रीकृष्ण अधिकारी र दलित कोटामा एकिकृत समाजवादीका घनश्याम रिजालले उम्मेदवारी दिनुभएको छ ।
सोहि चार पदका लागि महिलामा नेकपा एमालेका रोचकुमारी चौलागाईं, दलितमा ध्रुवराज विक, अपांङ्गता वा अल्पसंख्यकमा त्रिलोचन निर्मल पौडेल र अन्यतर्फ विवेक देवकोटाले उम्मेदवारी दिनुभएको छ ।
दलिततर्फ राप्रपाका पूर्णबहादुर विश्वकर्मा, महिलातर्फ बालकुमारी डल्लाकोटी, अपांङ्गता भएका वा अल्पसंख्यकतर्फ भरतमणि भट्ट र अन्यमा हेमजंग गुरुङले पनि उम्मेदवारी दिुनभयो ।
बागमतीमा सोहि पदमा नेमकीपाबाट महिलातर्फ कृष्णलक्ष्मी दुवाल, दलिततर्फ संगिता नेपाली, अपांङ्गता अल्पसंख्यकबाट हिमालयश्वर मूल र अन्यमा श्रीकृष्ण महर्जनको पनि उम्मेद्वारी परेको निर्वाचन आयोगले जनाएको छ ।
गण्डकी प्रदेशमा तीन पदका लागि सत्ता गठबन्धनको तर्फबाट अन्यमा नेपाली कांग्रेसका किरणबाबु श्रेष्ठ, अपाङ्ग अल्पसंख्यकमा कांग्रेसकै किरणबाबु परियार र महिलामा माओवादी केन्द्रकी नेतृ मनरुपा शर्माको उम्मेदवारी परेको छ । सोहि पदमा एमालेबाट अन्यमा चक्रबहादुर पराजुली, अपांग अल्पसंख्यकमा हेमन्त शेरचन, महिलामा सम्झना देवकोटाले उम्मेदवारी दिनुभयो । गण्डकीमा राप्रपाको तर्फबाट महिलामा गौ मायाँ श्रेष्ठ र अन्यमा रोमबहादुर भण्डारीले मनोनय दर्ता गराउनुभयो ।
लुम्बिनी प्रदेशमा दुई पदका लागि गठबन्धन दलको तर्फबाट महिलामा नेपाली कांग्रेसकी नेतृ विष्णुकुमारी सापकोटा र अन्यमा नेकपा माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदीले उम्मेदवारी दिनुभएको छ ।
उक्त दुइपदका एमालेबाट अन्यमा झपेन्द्रबहादु घर्ती, महिलामा तुलसा कुमारी केसीको उम्मेदवारी परेको हो । यो पदमा राप्रपाका निरन्जन कुमार थापा, जनमतका बाल गोविन्द चौधरी र विजया लक्ष्मी सिंहले पनि उम्मेदवारी दर्ता गराउनुभएको छ ।
कर्णाली प्रदेशमा तीन पदका लागि गठबन्धन दलबाट अन्यमा नेपाली कांग्रेसका कृष्णबहादुर रोकाय, महिलामा एकीकृत समाजवादीकी सावित्री मल्ल र दलित कोटामा माओवादीका विष्णु विकले उम्मेद्वारी दिनुभएको हो । सोहि पदका लागि एमालेबाट दलितमा हिक्मत विक, अन्यमा डिल्ली प्रसाद भट्ट र महिलामा विमला कुमारी शाहीले उम्मेदवारी दिनुभयो ।
सुदरपश्चिम प्रदेशमा तीन पदका लागि गठबन्धन दलको तर्फबाट अन्यमा नेपाली कांग्रेसका बलदेव बोहोरा, अपाङ्ग अल्पसंख्यकमा नारायण दत्त जोशी र महिलामा माओवादी केन्द्रकी रेनु चन्दले उम्मेदवारी दिनुभएको छ । सोहि पदमा विपक्षी दल एमालेबाट अन्यमा इश्वरी प्रसाद खरेल, अपाङ्ग अल्पसंख्यकमा रामचन्द्र जोशी र सावित्रा देवी घिमिरेले उम्मेदवारी दिनुभएको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।