२०८२ जेष्ठ ४ शनिबार
  • काठमाडौँ

रिक्त १९ सीटका लागि ५२ जनाको मनोनयन

काठमाडौं पुस २३ । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको लागि निर्वाचन आयोगको स्विकृत कार्यातालिका अनुसार सोमबार विहान १० वजे देखी ३ वजे सम्ममा सात प्रदेशका निर्वाचन अधिकृतको कार्यालयमा ५२ जना उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् । जस अनुसार कोशी प्रदेशमा राजनीतिक दलका तर्फबाट महिला समुहतर्फ २ र अन्य समुह तर्फ ३ गरी ५ जनाले मनोनय दर्ता गरेका छन् । कोशी प्रदेशबाट २ जना सदस्य निर्वाचित हुने छन् ।

त्यसैगरी मधेशमा पनि राजनीतिक दलका तर्फबाट महिला समुहतर्फ २ र अन्य समुह तर्फ ३ गरी ५ जनाले मनोनय दर्ता गरेका छन् । मधेशप्रदेशबाट पनि २ जना राष्ट्रिय सभा सदस्य निर्वाचित हुने छन् ।

त्यस्तै बागमती प्रदेशमा राजनीतिक दलकै तर्फबाट महिला समुहतर्फ ४ दलितसमुहका लागि ३ अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समुदायतर्फ ४ र अन्य समुहका लागि ४ गरी १५ जनाले उम्मेदवारी दिएका छन् । वागमती प्रदेशमा ४ जना राष्ट्रिय सभा सदस्य निर्वाचित हुनेछन् ।

गण्डकी प्रदेशमा राजनीतिक दलकै तर्फबाट मिहलको लागि ३ अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समुदायतर्फ २ अन्य समुहका लागि ३ गरी ८ जनाको उम्मेदवारी परेको छ । यो प्रदेशबाट ३ जना राष्ट्रिय सभा सदस्य बन्ने छन् ।

लुम्विनीमा राजनीतिक दलकैतर्फबाट महिलाको लागि ३ र अन्य समुहका लागि ४ गरी ७ जनाले मनोनयन दर्ता गरेका छन् । लुम्विनी प्रदेशबाट २ जनाले राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने छन् ।

कर्णाली प्रदेशबाट राजनीतिक दलकै तर्फबाट महिलाका लागि २ दलितका लागि २ र अन्य समुहका लागि २ गरी ६जनाको मनोनयन दर्ता भएको छ । यसमा ३ जना राष्ट्रिय सभा सदस्य बन्ने छन् ।

सुदुरपश्चिम प्रदेशबाट महिलाका लागि २ अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समुदायतर्फ २ र अन्य समुहका लागि २ गरी ६ जनाको उम्मदवारी दर्ताभएको छ जसमा ३ जना राष्ट्रिय सभा सदस्य निर्वाचित हुने छन् ।

राष्ट्रिय सभाको रिक्त १९ सदस्य मध्येमा सात जना महिला समुहतर्फ ७ जना अन्य समुहतर्फ ३ जनाअपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समुदायतर्फ र २ जना दलित समुहतर्फ बाट राष्ट्रिय सभा सदस्य निर्वाचित हुने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनु भयो ।

२०८० पुष २३, सोमबार प्रकाशित 0 Minutes 93 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।