
काठमाडौं पुस २० । आईसीसी पुरुष यू–१९ विश्वकप क्रिकेट खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ क्यानले शुक्रवार एक कार्यक्रमको आयोजना गरेर विश्वकप खेल्न जान लागेको नेपाली टोलीका सदस्यकहरुको बिदाइ गरेको हो ।
टोलीलाई क्यानका अध्यक्ष चतुर बहादुर चन्द, सचिव पारस खड्का राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ लगायतले बिदाई गर्नुभएको हो । दक्षिण अफ्रिकामा हुने यू–१९ विश्वकपमा खेल्न देव खनालको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा भइसकेको छ । यू–१९ विश्वकप माघ ५ गते देखि माघको २८ गतेसम्म दक्षिण अफ्रिकामा हुँदैछ । नेपालले पहिलो खेल माघ ७ गते न्यूजिल्याण्ड विरुद्ध खेल्ने छ ।



यस्तै दोस्रो खेल माघ १० गते पाकिस्तान सँग खेल्दा समूहको अन्तिम खेल माघ १२ गते अफगानिस्तान विरुद्ध खेल्नेछ । त्यसअघि नेपालले यहि पुष २८ गते स्कटल्याण्ड र माघ २ गते वेस्ट इन्डिज विरुद्ध वार्म-अप खेलहरु खेल्ने छ । १६ वटा टोलीलाई चार समूहमा विभाजन गरिएको छ ।
हरेक समूहबाट शीर्ष तीन टोली सुपर सिक्समा प्रवेश गर्ने छन् ।
विश्व कप खेल्ने टोलीमा कप्तान खनाल सहित, अर्जुन कुमाल, आकाश त्रिपाठी, दिपक प्रसाद डुम्रे, दुर्गेश गुप्ता, र गुलशन कुमार झा, छन् । यसैगरी दिपेश प्रसाद कँडेल, दिपक बोहरा, बिशाल विक्रम केसी, सुभाष भण्डारी, दिपक बोहरा, उत्तम रंगु थापा, बिपिन रावल, तिलक राज भण्डारी,र आकाश चन्द पनि टोलीमा समावेश गरिएका छन् ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।