
मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–७ नागस्वतीको एक पोल्ट्री फार्ममा रहेको तीन हजारभन्दा बढी कुखुरा नष्ट गरिएको छ ।
बिहीबार नागस्वतीका कुखुरा व्यवसायी राजन खड्काको आदर्श पोल्ट्री फार्ममा बर्डफ्लु पुष्टि भएपछि तीन हजार ४५३ वटा लेयर्स प्रजातिका कुखुरा नष्ट गरिएको हो ।



भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र हेटौँडा, मकवानपुर कुखुरा व्यवसायी सङ्घ, जिल्ला प्रशासन कार्यालय मकवानपुरको प्रतिनिधिलगायतको उपस्थितिमा कुखुरा, अण्डा र दाना नष्ट गरिएको हो ।
सो फार्ममा पालिएको तीन हजार ४५३ वटा कुखुरा, पाँच हजार ७८० अण्डा र ४५० केजी दाना नष्ट गरिएको विज्ञ केन्द्रका प्रमुख डा ब्रजकिशोर ठाकुरले जानकारी दिनुभयो ।
उहाँका अनुसार आदर्श पोल्ट्री फार्ममा रहेको कुखुरामा बर्डफ्लु प्रमाणित भए पनि आसपासका कुखुरा फार्ममा गरिएको नमूना परीक्षण भने नेगेटिभ आएको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।