२०८२ जेष्ठ ५ आईतवार
  • काठमाडौँ

जित विहीन रहदै नेपाल समूह चरणबाटै बाहिरियो

काठमाडौँ मंसिर २६। समूह चरणको अन्तिम खेलमा भारतसँग १० विकेटले पराजित भएसँगै नेपाल यु–१९ एसिया कपमा जित विहीन रहदै बाहिरिएको छ ।

समूह ‘ए’ मा रहेको नेपालले समूह चरणका तीनवटै खेलमा पराजित ब्यहोरेको हो । यसअघि खेलेको खेलमा नेपाल पाकिस्तानसँग ७ विकेटले र दोस्रो खेलमा अफगानिस्तानसँग ७३ रनले पराजित भएको थियो ।

दुबइको आइसिसी एकेडेमीको दोस्रो मैदानमा मङ्गलवार नेपालले प्रस्तुत गरेको ५३ रनको झिनो लक्ष्य भारतले ७.१ ओभरमा कुनै पनि विकेट नगुमाई पूरा गर्‍यो ।

भारतका लागि अविजित रहेका अर्शिन कुलकर्नीले ४३ र आदर्श सिंहले १३ बलमा दुई चौकाको मद्दतले १३ रन बनाए । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २२.१ ओभरमा सबै विकेट गुमाउँदै ५२ रन मात्र बनाउन सेकेको थियो ।

नेपालका कुनै पनि ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । नेपालका लागि हेमन्त धामीले ८, अर्जुन कुमाल र दीपक बोहराले ७, आकाश चन्दले अविजित ४, गुल्सन झा र दीपेश कँडेलले ४, कप्तान देव खनाल सुवास भण्डारीले २ र दीपक बोहराले १ रन बनाए । उत्तम थापा मगर र दीपक डुम्रेले रनको खाता पनि खोल्न सकेनन् ।

भारतका लागि राज लाम्बिनीले ९.१ ओभरमा १३ रन खर्चिँदै ७ विकेट लिए । यसैगरी आरध्य शुक्लाले २ र अर्शिन कुलकर्नीले १ विकेट लिए ।

२०८० मंसिर २६, मंगलवार प्रकाशित 0 Minutes 127 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।