२०८२ जेष्ठ ४ शनिबार
  • काठमाडौँ

बैशाख १२ को त्यो त्रासदी सम्झिदै मनाइयो भुकम्प स्मृति दिवस

काठमाडौं- झण्डै ९ हजारको मृत्यु हुने गरी २०७२ साल बैशाख १२ गते बिनाशकारी भूकम्प गएको आज ६ बर्ष पुरा भएको छ ।

मध्यान्ह ११ बजेर ५६ मिनेटको समयमा गोर्खाको बारपाकलाइ केन्द्रविन्दु बनाएर ७ दशमलव ६ रेक्टर स्केलको भुकम्प गएको थियो ।

गोर्खा भुकम्प र त्यसपछिका परकम्पबाट ८,७९० जनाको मृत्यु भएको थियो भने २२ हजार ३०० घाइते भएका थिए ।

भूकम्पका कारण ठूलो संख्यामा सास्कृतिक सम्पदा, विध्यालय तथा सरकारी भवन र निजि घरहरुमा क्षति पुग्यो । हजारौं नागरिक घरवार विहिन बन्न पुगे ।

सरकारले विनासकारी भूकम्पबाट भत्किएका घर तथा भौतिक संरचनाहरुको पुनर्निर्माण र विस्थापित भएका व्यक्ति तथा परिवारलाई पुनर्स्थापना गर्न २०७२ साल पुस १० गते राष्ट्रिय पुनर्निर्माण प्राधिकरण स्थापना गर्‍यो ।

प्रधिकारणका अनुसार हालसम्म अधिकांश निजी आवास निर्माण भएको छ । यस्तै धेरै विद्यालय भवन पुनर्निर्माण भैसकेका छन् भने ऐतिहासिक सम्पदाहरुको पुनर्निर्माण पनि भैरहेको छ ।

२०७९ बैशाख १२, सोमबार प्रकाशित 1 Minute 112 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।