
काठमाडौं । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा काठमाडौं उपत्यकामा नेपाली कांग्रेसकी नेतृ सृजना सिंह र नेकपा एमालेका केशव स्थापितबीच भिडन्त हुने भएको छ ।
आसन्न स्थानीय तहको निर्वाचनका लागि संघीय राजधानी समेत रहेको महानगरपालिकाको प्रमुख पदका लागि कांग्रेसले सृजना सिंहलाई टिकट दिने निर्णय गरेको छ । यसैगरी प्रमुख प्रतिपक्ष नेकपा एमालेले महानगरको पूर्व मेयर समेत रहिसक्नु भएका केशव स्थापितलाई उम्मेदवार बनाएको छ । सृजना नेपाली कांग्रेसका पूर्व पार्टी उपसभापति प्रकाशमान सिंहकी धर्मपत्नी हुनुहुन्छ । लौह पुरुष गणेशमान र मंगलादेवीकी बुहारी तथा प्रकाशमानकी पत्नी बाहेक पनि पार्टी र कार्यकर्ता माझ सृजना सिंहको आफ्नै छुट्टै परिचय छ ।



यसैगरी महानगरका निवर्तमान मेयर विद्यासुन्दर शाक्यलाई पाखा लगाएर टिकट पाउन सफल भएका केशव स्थापित आफ्नो पहिलो कार्यकालमा काठमाडौंमा सडक फराकिलो पार्ने अभियानका लागि सम्झिने व्यक्तिमा पर्नुहुन्छ ।
माइतघर क्षेत्रलाई अहिलेको स्थितमा ल्याउनुमा केशव स्थापितकै योगदान छ ।
तर राजधानीमा रहेका ज्यापू र नेवार समुदायको उल्लेख्य भूमिका रहने स्थानीय तह निर्वाचनमा त्यो समुदायको भोट कसले आफ्नो पक्षमा पार्ला र अबको पाँच बर्ष महानगरको बागडोर सम्हाल्ला त्यो भने सबैको चासोको विषय बनेको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।