२०८२ असार २५ बुधबार
  • काठमाडौँ

नेपाल पहिलो खेलमा पाकिस्तानसंग पराजित

काठमाडौँ मंसिर २३ । एसिसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित भएको छ । जीतका लागि एक सय ५३ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले २६ दशमलव दुई ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्‍यो ।
पाकिस्तानको लागि आजन आविसले सर्वाधिक ५६ रनको योगदान दिए । उनले ६२ बलमा आठ चौकासहित ५६ रनमा अविजित रहे । त्यस्तै पाकिस्तानी कप्तान साद बैगले ५० रन बनाए । उनले ५६ बलमा पाँच चौकासहित ५० रन जोडेका हुन् । मोहम्मद जिशानले आठ बलमा दुई चौका र दुई छक्कासहित २० रनमा अविजित रहे । नेपालका लागि गुलशन झाले दुई विकेट लिए भने आकाश त्रिपाठीले एक विकेट झारे ।
त्यसअघि संयुक्त अरब ईमिरेट्स (युएई) स्थित दुबइको आइसिसी एकेडेमी २ क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४७ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै एक सय ५२ रनको योगफल बनाएको थियो ।
नेपालका लागि उत्तम थापा मगरले अर्धशतक प्रहार गरे । उनले ७६ बलमा तीन चौका र दुई छक्काको मद्दतमा ५१ रनको योगदान दिएका हुन । त्यसैगरी नेपालका दीपेश कँडेलले ३१ रन बनाए । उनले छैटौँ विकेटका लागि उत्तम थापामगरसँग ६८ रनको साझेदारी गरेका थिए । कँडेलले ५९ बलमा दुई चौका र एक छक्काको मद्दतमा ३१ रन बनाएका हुन् ।
सुरुआती ओपनर अर्जुन कुमालले २१ रन जोडे । उनले ३७ बलमा ३ चौका प्रहार गरे । खराब ब्याटिङ गरेको नेपालका लागि गुल्सन झा एक रनमै आउट हुँदा १७ ओभरमा ४६ रन जोड्दा नेपालले सुरुवाती पाँच विकेट गुमाएको थियो । त्यसैगरी कप्तान देव खनालले १३ बल खेल्दा शून्यमा आउट भए ।
आकाश त्रिपाठी छ रनमा आउट हुँदा तिलक भण्डारीले सात रन जोडे । सुवास भण्डारीले अविजित आठ रन बनाए । बलिङतर्फ पाकिस्तानका मोहम्मद जिशानले छ विकेट लिए भने अमिर हसनले दुई विकेट झारे । उबेद शाह र अली असफन्दले समान एक एक विकेट लिए । नेपालले दोस्रो खेल यही मङ्सिर २४ गते अफगानिस्तानतसँग खेल्नेछ ।

२०८० मंसिर २२, शुक्रबार प्रकाशित 0 Minutes 132 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।