२०८२ जेष्ठ ६ सोमबार
  • काठमाडौँ

विपिन जोशीको अवस्था अझै अज्ञात;खोजी भइरहेको दूतावासको भनाइ

काठमाडौँ, मङ्सिर ४ गते । इजरायलमा हमास समूहले गत अक्टोबर ७ तारिखमा आक्रमण गरी बन्धक बनाएर गाजातर्फ लगेकामध्येमा नेपाली विद्यार्थी विपिन जोशीको अवस्था अझै अज्ञात नै छ ।

दक्षिणी इजरायलको किबुज–अलमिममा हमास समूहले आक्रमण गरी बन्धक बनाएर गाजातर्फ लगेकामध्येमा जोशी पनि रहेको इजरायल डिफेन्स फोर्सका प्रवक्ताले जानकारी दिएको इजरायलको तेल अबिबस्थित नेपाली राजदूतावासले जनाएको छ ।

जोशीको पछिल्लो अवस्थाबारे यकिन गर्न नसकिएको, निज हालसम्म पनि सम्पर्कविहीन नै रहेको र खोजीकार्य जारी रहेको दूतावासले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

२०८० मंसिर ४, सोमबार प्रकाशित 0 Minutes 72 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।