
काठमाडौं मंसिर २ । इजरायलमा हमासको आक्रमणसंगै वेपत्ता भएका कञ्चनपुरका विपिन जोशीका बुबाआमाले छोराको रिहाइका लागि पहल गरिदिन परराष्ट्रमन्त्री एनपी साउदसित आग्रह गर्नुभएको छ । महेन्द्रनगरमा परराष्ट्रमन्त्री साउलसंग भेट गरी विपिनका बुबा महानन्द जोशी तथा आमा पद्मा जोशीले त्रिचालिस दिनदेखि वेखबर रहेका आफ्ना छोराको अवस्था पत्ता लगाइदिन आग्रह गरनुभएको हो ।
विपिनसंगै रहेका नेपालीहरुले विपिनलाई विद्रोही हमास समूहको नियन्त्रणमा लिएर गएको बताएका छन् । छोराको चिन्ताले दिनरात सताइरहेको भन्दै जोशी दम्पत्तिले विपिनलाई जसरी पनि सकुशल ल्याइदिन सरकारसंग अनुरोध गर्नुभयो । भेटका क्रममा मन्त्री साउदले विपिनको अवस्थालाई लिएर सरकार पनि चिन्तित रहेको भन्नुहुदै उहाँको सकुशल रिहाइका लागि नेपाल सरकारले सक्दो पहल गरिरहेको जानकारी दिनुभयो ।



सुदूरपश्चिम विश्वविद्यालयबाट ‘लर्न एण्ड अर्न’ कार्यक्रम अन्तर्गत गत भदौ २७ गते इजरायल जानुभएका जोशीलाई इजरायलमा आङ्क्रमण गरेको हमासले कब्जामा लिएको थियो । कब्जामा लिएयता उहाँको कुनै खबर प्राप्त हुन सकेको छैन ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।