२०८२ जेष्ठ ४ शनिबार
  • काठमाडौँ

राष्ट्रसंघ नेपालको संक्रमणकालीन न्याय प्रक्रियामा सघाउन तयार

 काठमाडौं कार्तिक १२ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपालको संक्रमणकालीन न्याय प्रक्रियामा सघाउन तयार रहेको बताएका छन् । तर यो अन्तर्राष्ट्रिय मापदण्ड, सर्वोच्च अदालतको आदेश र पीडित मैत्री हुनुपर्ने उनले बताए ।

नेपाल भ्रमणमा रहेका राष्ट्रसंघका महासचिव गुटेरेसले आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सिंहदरबारमा भेटवार्ता गरेका छन् ।

भेटपछि संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै गुटेरेसले नेपालको आगामी दिन महत्वपूर्ण हुने बताए ।

नेपाल विकासोन्मुख देशमा बढुवा हुन लाग्नुका साथै शान्ति प्रक्रिया र संक्रमणकालीन न्याय अन्तिम चरणमा पुगेको गुटेरेसले बताए । उनले भने, ‘संक्रमणकालीन न्यायले पीडित, उनीहरुको परिवार र समुदायमा शान्ति ल्याउनुुपर्छ ।’

२०८० कार्तिक १२, आईतवार प्रकाशित 0 Minutes 131 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।