२०८२ जेष्ठ ४ शनिबार
  • काठमाडौँ

चीनका पूर्व प्रधानमन्त्री ली खछ्याङको निधन

काठमाडौं कार्तिक १० । चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङ निधन भएको छ । उहाँको हृदयाघातका कारण निधन भएको चीनियाँ सत्र्चार माध्यमहरुले जनाएका छन् ।

चिनियाँ सरकारी टेलिभिजन सीसीटीभीले गए राति उहाँलाई हृदयघात भएको र उपचारकै क्रमा निधन भएको जनाएको छ । ६८ वर्षीय नेता ली गत मार्च महिनामा प्रधानमन्त्रीको दोस्रो कार्यकाल पूरा गरेर बिदा हुनुभएको थिए ।

प्रधानमन्त्रीबाट बिदाइ भएपछि उहाँ सांघाईमा बस्दै आउनुभएको थियो ।

ली गत वर्ष सेवानिवृत्त नभएसम्म सत्तारुढ चिनियाँ कम्युनिष्ट पार्टीका दोस्रो सबैभन्दा शक्तिशाली नेता हुनुहुन्थ्यो ।

उहाँ चिनियाँ कम्युनिस्ट पार्टी ‘सीसीपी’को तल्लो तहबाट उठ्दै माथि पुग्ने नेता मानिनुहुन्छ । कुनै समय उहाँलाई चीनको भावी राष्ट्रपतिका रुपमा समेत हेर्ने गरिएको थियो ।

पेकिङ विश्वविद्यालयमा अध्ययन गर्नुभएका ली चीनको अर्थ नीतिका सुक्ष्म जानकार मानिनुहुन्यो ।

२०८० कार्तिक १०, शुक्रबार प्रकाशित 1 Minute 125 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।