२०८२ जेष्ठ ६ सोमबार
  • काठमाडौँ

वडा दशैंको टीका आज; टीकाको उत्तम साईत विहान ११ बजेर २ मिनेटमा

काठमाडौं कार्तिक ७ । मंगलबार हिन्दूहरुको महान् चाड बडा दशैंको मुख्य दिन बिजया दशमी अर्थात दशैंको टीका । यस दिन दुर्गा भवानीको प्रसाद स्वरुप मान्यजनको हातबाट टीका र जमरा ग्रहण गरि आशिर्वाद लिने गरिन्छ । विजया दशमीको दिनमा टीकाको उत्तम साईत बिहान ११ बजेर २ मिनेटमा रहेको छ । दशैं आफैंमा शुभ दिन रहेकाले टीका लगाउन कुनै साईत कुर्नु नपर्ने तर साइत खोज्नेका लागि भने समय प्रकाशित गरिएको  नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको जनाएको छ । समितिले बिहानदेखि दिनैभर टीका लगाउन सकिने जनाएको छ ।

घटस्थापनाको दिनमा विधिपूर्वक राखिएको जमरा र टीका देवीदूर्गालाई चढाएपछि आफ्ना मान्यजनहरुबाट नव दुर्गा भवानीको प्रसादको रुपमा टिका र जमरा लगाउने गरिन्छ । विजयादशमीलाई एकता, भ्रातृत्व र प्रेमको रुपमा लिने गरेका कारण पनि सबै आफन्तजन एकै स्थानमा भेला भएर टीका लगाउने प्रचलन छ । दशैंको टिका कोजाग्रत पूर्णिमाको दिन पाँच दिनसम्म लगाउने गरिन्छ । टाढा टाढा गई आफन्त र मान्यजनबाट टिका लगाउने चलन छ । कोजाग्रत पुर्णिमाको दिन बिधिवत रुपमा टिका समापन गरि दशैं बिदा गर्ने पौराणिक प्रचलन रहेको छ ।

मंगलवार नै राष्ट्रपति रामचन्द्र पौडेलले विशिष्ट व्यक्ति र सर्वसाधारणलाई टीका दशैंको टीका लगाइदिदै हुनुहुन्छ । राष्ट्राअध्यक्ष र सरकार प्रमुखले टिका लगाइदिने परम्मपरा अनुसार राष्ट्रपति पौडेलेले विशिष्ट व्यक्ति र सर्वसाधारणलाई टीका लगाइदिन लाग्नु भएको हो । उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख मन्त्री लगायत विशिष्ट अधिकारीका लागि लागि दिउँसो २ देखि ३ बजेसम्मको समय तोकिएको छ भने सर्वसाधारणका लागि भने ३ देखि ५ बजेसम्मका लागि समय निर्धारण गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डको भने यस पटक टीका छैन । यो वर्ष पत्नी शोकमा रहेका कारण दशैंका टीकाको कार्यक्रम नरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।।

२०८० कार्तिक ७, मंगलवार प्रकाशित 0 Minutes 97 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।