२०८२ असार २५ बुधबार
  • काठमाडौँ

एनआरएनएमा अर्को भाँडभैलो; अध्यक्ष पदका पराजित उम्मेदवारबाट नयाँ कार्यसमिति घोषणा

काठमाडौं कार्तिक ५ । गैरआवासीय नेपाली संघ एनआरएनएको अर्को पक्षले छुट्टै कार्य समिति गठन गरेको छ । ११ औँ महाधिवेशनबाट नेतृत्व चयन प्रक्रियामा धाँधली भएको आरोप लगाउँदै आएका अध्यक्ष पदका प्रत्यासी पराजित उम्मेदवार राजेन्द्रकुमार शर्मा र महेशकुमार श्रेष्ठले नयाँ कार्यसमिति घोषणा गरेको हो । सो समूहले काठमाडौंमा राजेन्द्र कुमार शर्माको अध्यक्षतामा नयाँ कार्य समिति घोषणा गरेको हो ।

यो संगै एनआरएनए विभाजित भएको देखिएको छ । काठमाडौंमा सम्पन्न महाधिवेशनका क्रममा निर्वाचन समितिले अध्यक्षमा बद्री केसी निर्वाचित भएको घोषणा गरेपछि विवाद चुलिएको थियो ।

उक्त परिणामलाई अध्यक्षका प्रतिस्पर्धीद्वय राजेन्द्रकुमार शर्मा र महेशकुमार श्रेष्ठले अस्वीकार गरेका थिए ।

केसीले अध्यक्षको शपथ र कार्यभार ग्रहण गरेपछि शर्माको अध्यक्षतामा नयाँ समानान्तर कार्यसमिति घोषणा गरिएको हो ।

यसैबीच शनिबार सपथ ग्रहणलगत्तै संस्थापन पक्षबाट नवनिर्वाचित कार्यसमितिको बैठकले मत परिणामको बारेमा उब्जिएको प्रश्नको छानबिन गर्न अन्तराष्ट्रिय समिति बनाउने र त्यसका लागि अध्यक्षका प्रत्याशी शर्मा र श्रेष्ठलाई पत्र पठाउने निर्णय गरेको छ ।

२०८० कार्तिक ५, आईतवार प्रकाशित 0 Minutes 122 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।