२०८२ जेष्ठ ६ सोमबार
  • काठमाडौँ

दशैं मनाउन २० लाख काठमाडौं बाहिर जाने

काठमाडौं, कात्तिक २ गते । दसैँ सुरु भएसँगै उपत्यका छाड्नेको सङ्ख्या बढ्दै गएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यस पटक दसैँमा करिब २० लाख व्यक्ति उपत्यकाबाट बाहिर जाने अनुमान गरेको छ ।

ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले घटस्थापनादेखि दसैँ मनाउन साढे तीन लाख व्यक्तिले उपत्यका छाडेको जानकारी दिनुभयो ।

प्रवक्ता भट्टका अनुसार पछिल्लो दिनमा उपत्यका छाड्ने यात्रुको सङ्ख्या ह्वात्तै बढेको छ । उहाँले दैनिक एक लाख बढीले उपत्यका छाडिरहेको जानकारी दिनुभयो ।

अहिले दैनिकरुपमा नागढुङ्गा, साँगााभञ्जाङ र फर्पिङ हुँदै उपत्यका छोड्नेको सङ्ख्या बढ्दै गएको हो । यात्राको क्रममा यात्रुलाई कुनै समस्या नहोस् भनेर विभिन्न स्थानमा सहायता कक्ष समेत स्थापना गरिएको उहाँको भनाइ छ ।

विभिन्न प्रयोजनका लागि राजधानीमा बसोबास गर्दै आएकाहरू दसैँ मनाउन उपत्यकाबाट बाहिरिएका हुन् ।

२०८० आश्विन ३०, मंगलवार प्रकाशित 0 Minutes 98 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।