
काठमाडौं, असोज २६ । द्वन्द्वग्रस्त इजरायलबाट २५४ जना नेपालीहरुलाई सरकारले विशेष पहल गरी स्वदेश फर्काएको छ । गत शनिवार प्यालेस्टान स्थित हमास समूहले अकस्मात रकेट आक्रमण गरेपछि एक सातासम्म बङ्करमा विताएका नेपालीहरुले आफूहरुलाई स्वदेश फर्काउन सरकारसंग आग्रह गरिरहेका थिए । आक्रमणमा परेर १० जना नेपाली विद्यार्थीहरुको मृत्यु भएपछि आफू पनि मारिने हो की भन्ने त्रासमा रहेका त्यहाँ बसिरहेका विद्यार्थी र नेपालमा रहेका उनीहरुका परिवार र आफन्तको विलौनाबीच सरकारले परराष्ट्रमन्त्री एनपी साउदलाई इजरायल पठाएर नेपाल वायुसेवा निगमको विमानमा २५४ जना नेपालीलाई घर फर्काएको हो ।
युद्ध छेडिएको देशबाट फर्किएर स्वदेशको भूमी टेके लगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनीहरु निकै भावविह्वल भए । आफन्तसंगको भेटमा उनीहरुको आँशु मिसिएको खुशीको फोटाहरु यहाँ प्रस्तुत गरिएको छ ।



यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।